उपचारका लागि अस्पताल लैजाँदा भागेका कैदी लुभुमा पक्राउ
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १६:२२:२७
९ भदौ, काठमाडौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका एक कैदी बिहीबार बिहानै पक्राउ परेका छन् ।
ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याउने क्रममा रामेछापको ताक्लुङका भोला बुढाथोकी बुधबार अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका थिए ।
बिहीबार बिहान ७ बजे लुभु बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढाथोकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् ।
उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि बुधबार महाराजगन्ज गएका थिए ।
उनी भागेपछि प्रहरीले खोजी कार्य थालेको थियो । पक्राउ परेका बुढाथोकीलाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअछाममा बाख्रा चराउन गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार