कांग्रेस शीर्ष तहमै महामन्त्री गगनप्रति किन बढिरहेको छ असन्तुष्टि ?
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:५८:४५
९ भदौ, काठमाडौं । महाधिवेशन सकिएको एक वर्ष नपुग्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति असन्तुष्टि राख्नेहरु बढिरहेका छन् । यो असन्तुष्टि कार्यकर्ताको तहमा भन्दा शीर्ष तहमै बढि देखिन्छ । धेरै शीर्ष तहका नेताहरु अहिले आफुहरुले महामन्त्री गगन थापालाई फोन गर्नसमेत छाडिसकेको बताउँछन् । कारण उनी हतपत सभापतिको समेत फोन उठाउदैनन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गएको केन्द्रीय समितिको बैठकमै गगनले फोन नउठाएर हैरान बनाएको बताएका थिए । देउवाले पार्टी र सरकारका कामका विषयमा छलफल गर्न खोज्दा महामन्त्रीले फोन नउठाएको गुनासो गर्दा धेरै नेताहरु बोल्ने क्रममा नै महामन्त्रीद्वयको अलोचना गरे । त्यसमा गगन थापानै अगाडी थिए । महामन्त्री भएपछि आफुभन्दा माथिल्लो तहका नेताहरुलाई सम्मान गर्ने व्यवहारमासमेत धेरै परिवर्तन आएको गुनासो धेरैको छ ।
नेपाल प्रेस युनियनको निर्वाचन सम्पन्न भएपछि एक उच्च तहका कांग्रेस नेतासंँग भेट गर्ने क्रममा प्रसंग महामन्त्री थापाकै उठ्यो । ति नेताले सुनाए, ‘हिजो चुनाव नजितुनजेलसम्म गगनसँग दैनिक भेट र कुराकानी भइरहेका थिए । अहिले उसले ६ महिना भयो मेरो फोन उठाउँदैन । मैले पनि अब फोन गर्ने र भेट गर्ने इच्छा मारिसके ।’ यसले पनि नेपालको लोकतान्त्रिक राजनीतिमा सक्रिय संलग्नता भएका युवाको चर्चाको प्रारम्भ गगन थापाबाट भएको मान्यता अहिले हराउदै गएको छ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित गगन शेखर कोइरालाको गुटसँग जोडिएका छन् । तर, उनको कार्यशैलीप्रति स्वयम कोइरालासमेत सन्तुष्ट देखिदैनन् ।
कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति पदका प्रत्यासी कोइराला शेरबहादुर देउवासँग पराजित भएका थिए । कांग्रेसमा सबैका लागि प्रिय रहेका र कांग्रेसविरोधीबीच पनि आफ्नो हैसियत जमाएका गगन किन शेखर गुटबाट चुनाव जितेर पनि अहिले त्यही गुटमा आलोचित भइरहेका छन् ।
गगनले स्थानीय निर्वाचनमा ३ सयभन्दा बढी सिट जित्दा कांग्रेसमा दम्भ प्रकट भएको भन्दै ठूला सहरमा कांग्रेसलाई धक्का लागेको दृष्टान्त दिँदै उनले दम्भ नपाल्न भनेपछि धेरै नेताहरु यहिबाट चिडिए ।
सामान्य रुपमा सवैले बुझ्ने भनेको यो उनको पावर बार्गेनिङ हो । तर, काठमाडौंका मतदाता कांग्रेससँग मोहभंग भएजस्तै गगनसँग पनि मोहभंगको पक्षमा देखिन थालेका छन् । काठमाडौंमा मात्रै नभएर उपत्यकामै कांग्रेस मतदाता रिझाउन गगनलाई हम्मेहम्मे पर्ने अवस्था देखिन थालेको छ ।
गगन थापा काठमाडौंका रैथाने नेता भने होइनन् । तर, काठमाडौंमा उनले कायम गरेको लोकप्रियताले लिएको उचाई क्रमसः घटिरहेको छ । एक वर्ष अघिसम्म गगनको वाक्पटुता र गतिशीलताको महिमा गाइन्थ्यो । अहिले त्यो खस्किँदै गएको छ । उनको जोस र रोष ओइलाउन थालेको छ । राजनीतिमा उनको वैचारिक अंकुरण मौलिक देखिन छाडेको छ ।
उनको व्यक्तित्वको सबैभन्दा विचारणीय पक्ष अहिले उनी कसैको पनि फोन रीसीभ गर्दैन । सभापतिको यो गुनासो समान्न थिएन । विभिन्न विद्यार्थी आन्दोलनको आँधीमा सक्रिय रहेका गगन ०६४ मा समानुपातिक सदस्यका रूपमा संविधानसभा प्रवेश गरेका थिए । त्यतिवेला उनले व्यक्तित्व तन्नेरी उमेरको रापले धपक्क बलेको थियो । उनले त्योभन्दा धेरै अघि गणतन्त्रकोे नारा लगाएका थिए । त्यही एउटा कारणले उनी तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कोपभागी बनेका थिए ।
अर्को उनको दम्भले पनि उचाई घटाउन सघाएको छ । उनले महामन्त्रीको हैसियतले सवै कुरा थाहा पाउनुपर्ने र यसरी नै सरकार र पार्टी चलाउन नहुने विषय धेरै ठाउमा उठाए ।
गगन थापाले सरकारले केही राम्रा काम गरेपनि थुप्रै नराम्रा काममा पनि हात हालेको भन्दै सरकार र प्रधानमन्त्री देउवाको आलोचना गर्न थालेपछि देउवाले उनलाई रोक्दै फोन उठाउन आग्रह गरेको बताएका थिए । गगनले स्थानीय निर्वाचनमा ३ सयभन्दा बढी सिट जित्दा कांग्रेसमा दम्भ प्रकट भएको भन्दै ठूला सहरमा कांग्रेसलाई धक्का लागेको दृष्टान्त दिँदै उनले दम्भ नपाल्न भनेपछि धेरै नेताहरु यहिबाट चिडिए ।
पार्टीहित विपरित भनिएका धेरै टिप्पणीहरुलेसमेत उनको उचाइलाई घटाउने काम गरेको छ । पार्टीका गतिविधि समाचारबाट थाहा पाउनु परेपछि त्यसको प्रतिक्रिया समचारबाटै हुने टिप्पणी सभापति र स्वयम उनी पक्षकै नेता कोइरालाई मन परेको थिएन् । अर्को उनको दम्भले पनि उचाई घटाउन सघाएको छ । उनले महामन्त्रीको हैसियतले सवै कुरा थाहा पाउनुपर्ने र यसरी नै सरकार र पार्टी चलाउन नहुने विषय धेरै ठाउमा उठाए ।महामन्त्रीले पार्टीका सभापति र उपसभापतिको निर्णय बोकेर मात्र हिँड्ने काम गर्न नसक्ने जस्ता विषयले उनको उचाइमा असर पारिरहेको छ ।
उनीसँग काम गर्न सक्ने सचिवालय छ । सचिवालयमा समेत माथिल्लो तहका नेताहरु फोन नउठ्ने समस्या रहेको बताउँछन् । यतिबेला प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरु छानिदैछन् । गगन पनि काठमाडौंको आफ्नै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । उनका यस्ता गतिविधिले मतदातामा कस्तो असर पार्छ यो पनि विचारणीय विषय बन्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार