‘तीन घण्टाभित्र खाली गराउनु’
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:४९:४
९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर, शंखमूल र बुद्धनगर क्षेत्रमा स्वीकृत नक्सा विपरित ब्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई तीन घण्टाभित्र सामान हटाउन निर्देशन दिएको छ । पार्किङगका लागि नक्सा स्वीकृत गराई अन्य ब्यापार ब्यवसाय सञ्चालन गर्दै आएकालाई यसप्रकारको निर्देशन दिएको हो ।
प्रमुख बालेन्द्र साहसहित महानगरपालिकाको नगरप्रहरीको टोलिले नयाँ बानेश्वर र शंखमूल क्षेत्रको स्थलगत अनुगमन गर्दैछन् । अनुगमनको क्रममा स्वीकृत नक्सा र मापदण्ड विपरित ब्यापार व्यवसाय सञ्चालन गरेकालाई तीन घण्टाभित्र सामान खाली गर्न निर्देशन दिएको हो ।
प्रमुख साहले स्वीकृत नक्सा विपरितका संरचनामा ब्यवसाय सञ्चालन गरेका ब्यापारीलाई सटर बन्द गरेर सामान हटाउन आग्रह गरे । पार्किङग गर्ने प्रयोजनका लागि स्वीकृत संरचनामा ब्यापार व्यवसाय सञ्चालन गर्दा सडकपेटिमा पार्किङ्ग भएको, पैदल यात्रुलाई हिंड्न समस्या भएको तथा शहर नै कुरुप बनेको छ । महानगरपालिकाले जुन कामको लागि नक्सा स्वीकृत भएको हो सोही प्रयोजनमा प्रयोग गर्न ३५ दिनअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार