फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २१:३५:२३
♦मोहम्मद हबिब
९ भदाै, भैरहवा । भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसको प्रभाव नेपाली बजारमा देखिन थालेको हो ।
बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो ।
रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेको छ ।
एक महिनादेखि फर्काउन लागेकोले अहिले बजार जानेको संख्या न्यून रहेको सशस्त्र प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले मेउडिहवा चोकबाट नै बजार गर्न मुख्यबाटो प्रयोग गर्न नदिएपछि नेपालीहरु भित्रीबाटो हुदै खेतखेतबाट पनि छिटफुट बजार पुग्ने गरेका छन ।
भारतिय भुमिमा लाग्ने यो बजार कोरोना जोखिमका कारण केही समय मात्रै बन्द थियो, खुला सिमाका कारण बजारमा अहिले नेपालीहरु जोखिम मोलेर खेत खेतकै बाटो भएर पनि जाने गरेका छन ।
तीन दशकभन्दा बढीदेखि लाग्दै आएको बजार खुला सीमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुन पाउने थलोको रुपमा रहेको छ । यहाँ बजार भर्न रुपन्देही मात्रै होइन, कपिलवस्तु र नवलपरासी पाल्पासम्मका नेपाली उपभोक्ता आउने गर्थे ।
सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको आलोचना हुने गरेको छ । नेपाली उद्योगी व्यवसायीले पनि बजार जान बन्द गर्नु पर्ने माग गर्दै आएका थिए ।
‘सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित पारेको यो बजार बन्द हुनुपर्छ भन्ने हामीले वर्षौदेखि आवाज उठाइरहेका थियौं । यस हाम्रो समर्थन छ, यसले हाम्रो बजार विस्तारै प्रवर्द्धन हुँदै गएको छ ।
’ उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले भने, उपभोक्तहरू सस्तोको नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका थिए, यसले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालिन समस्या निमत्याउँछ ।
बजार जाने मेउडिहवा, रानीगाँउ र पूर्व नौडिहवाको चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट नेपालीहरू बजार भर्न गइरहेका छन् । कोरोनाभन्दा पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो भएर किनमेल गर्न जाने गरेको एक उपभोक्ताले बताए ।
साग, सब्जी, घरायसी वस्तु र लत्ताकपडाका अलावा यहाँ माछा मासु पनि निकै सस्तो पाइने उपभोक्ताको भनाइ छ । डम्पिङ साइड नजिकै र खुला आकाशमुनि लाग्ने बजारमा पाइने माछा मासु निकै फोहोर देखिन्छन् । तर, नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधरण पुग्ने गरेका थिए ।
सिमावर्ती क्षेत्रमा लाग्ने यस्ता बजारले वार्षिक करोडौं नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रुपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेकोे सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने बताए । खुला र विनाभन्सार सामान आउँदा नेपाली बजारलाई प्रतिस्पर्धा गर्न पनि गाह्रो हुने गरेको छ ।
सस्तो हुन्छ भन्ने मानसिकताले भारतीय बजारले प्रसय पाएको थियो । भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा हुँदा पनि भारत जाने गरेको छन् । यस्ता खालका बजारलाई निरुत्साहित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र राज भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार