एमाले पोलिटब्युरोद्वारा केन्द्रीय कमिटीका लागि ११ विषय तयार,अध्यक्षको प्रतिवेदन मुख्य एजेन्डा
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २१:५१:२५
९ भदौ,काठमाडौं । नेकपा एमालेले पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ । चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीबारे समीक्षा हुनेछ । अहिले राष्ट्रिय स्वाधीनतामा परिरहेको असरबारे पनि ओलीको प्रतिवेदनमा उल्लेख हुनेछ ।
बिहीबारको बैठकम ओलीले राजनीति प्रतिवेदनका मूल स्परिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।
उनले चुनाव हार्नुमा सत्ता गठबन्धन उसको धाँधलीमात्रै नभएर पार्टी भित्रको आन्तरिक गतिविधि पनि कारक रहेको बैठकमा उल्लेख गरेका थिए । शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।
पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि गुरुङले जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार