नेपाली बजारमा अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २२:५८:५७
९ भदाै, काठमाडाैं । साओमीले नेपाली बजारमा अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक गरेको छ। कम्पनीले बुधबारदेखि उक्त स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो।
यो फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगािपक्सेलको म्याक्रो क्यामरा छ। तीनवटा क्यामराको वरपर मेटल रिङ्ग देख्न सकिन्छ।
त्यस्तै, फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको समेत कम्पनीले जनाएको छ। १९ ओटा टेम्पलेट सहितको ‘भ्लग मोड’बाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा ‘वान क्लिक एआई’ र र अन्य थुप्रै सिनेम्याटिक फिल्टर उपलब्ध छ।
स्न्यापड्रागन ७७८जी चिपसेटरहेको फोनले फ्ल्यागशिप सरहको फाइभजी पर्फर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने कम्पनीको भनाइ छ।
उक्त फोनमा ४३०० एमएएचको ब्याट्री दिइएको छ, जुन ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ । त्यस्तै, साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्ने उल्लेख गरिएको छ।
६.५५ इन्चको एमोलेड डिस्प्लेसहित उपलब्ध फोनमा एचडिआर र डल्बी भिजन दुवै रहनुका साथै यसमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेट लगायतका विशेषता छ।
कम्पनीका अनुयार यसमा त्यस्तै आँखामा भार कम गर्न यसमा ‘सन लाइट मोड ३.०’, ‘रिडिङ मोड ३.०’ र ‘ट्रु डिस्प्ले’ राखिएको छ । साथै, डुअल स्टेरियो स्पिकर र डल्बी एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको विश्वास छ।
६+१२८ जीबी र ८+१२८ जीबी स्टोरेज गरी दुई विकल्पमा आउने साओमी १२ लाइट हरियो, गुलाबी र कालो रंगमा उपलब्ध छ । ६+२८ जीबी भेरियन्टको ५० हजार ९९९ रूपैयाँ र ८+१२८ जीबी भेरियन्टको ५३ हजार ९९९ रूपैयाँ तोकिएको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार