अमेरिकी प्रथम महिला बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित
नेपालबहस संवाददाता
भदौ ९, २०७९ शुक्रबार ३:५९:१६
९ भदौ, काठमाडौं । अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । उनकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।
नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उनमा सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनी घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आएका थिए । उनी दश दिनसम्म छुट्टै बस्नेछन् । उनले पनि आफ्नो सम्पर्कमा आएकालाई तत्काल परीक्षण गर्ने थप फैलिन नदिन सबैलाई अनुरोध गरेकी छन् ।
प्रथम महिला बाइडेनलाई गत आइतबार सङ्क्रमण नदेखिएपछि उनी दक्षिण क्यारोलिनाबाट राष्ट्रपति बाइडेनसँगै डेलावेर गएकी थिइन् । प्रथम महिला बाइडेनलाई सङ्क्रमण पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या भने नरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार