कन्टेनर नफाबेका बालेनलाई डोजरबाट लाभैलाभ
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १४:३३:४२
१० भदौ, काठमाडौं । मुख्य सडकदेखि गल्लीसम्म थुप्रिएको फोहोर उठाउन नसकेर आलोचित बनिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको विगत तिन दिन यता निकै चर्चा छ । गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पुराना भनिएका राजनीतिक दलहरुका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।
कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जितेका थिए । तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भइरहेको थियो ।
केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेको थियो ।
काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौंका मेयर शाहको कार्यसम्पादन कमजोर देखिएको थियो । यसअघि काठमाडौंमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले शाहको आलोचना गरिरहेका थिए ।
धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघिभन्दा अहिले चर्चाको शिखरमा रहेका छन् । श्रमदान गरेर चर्चामा रहेका उनले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गगरिरहेका छन् ।
तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ । सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ ।
शाहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ । सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाएका हुन् ।
काठमाडौमा पार्किङको समस्या छ । तर व्यापारीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिए । कानुन विपरित भएका संरचनामा उनले डोजर चलाएका छन् जसको यतिबेला वाहवाही भइरहेको छ ।
बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकी उनीमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । उनले आफुलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उनले डोजरको सहायतले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोजेका छन् ।
विगतका नीतिगत निर्णयका कारण काठमाडौं उपत्यकामा नियमविपरित संरचना निमार्ण गर्ने कार्य सुरु भएको हो । आर्थिक चलखेलदेखि ठूलाबडाको भनसुनबाट गलत तरिकाले बनेको संरचनाले कुरुप बनेको उपत्यका सवारी साधनको चापका कारण असुरक्षित बन्दै गएको थियो ।
बालेनले यस्ता संरचना भत्काएर अहिले सबै नगरबासीको मन त जितेका छन् तर, संरचना बनाएर भाडामा लगउने मालिकमाथि कुनै कानून बननेको छैन । अझ भाडा तिरेर करोडौ लगानीगरेका व्यवसायीको क्षतिको मुल्याकन कस्ले र कसरी गर्ने भन्ने कुरा बालेका लागि महत्वपूर्ण हुनसक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार