एक खर्ब ४६ अर्बको व्यापार गर्दा ८४ देशसँग घाटा, १७ देशसँग नाफा
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १४:५७:२४
१० भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । कुल वैदेशिक व्यापारमध्यो नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन् । भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ ।
यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।
भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, बंगलादेश, कतार, टर्की, इटाली र पोल्याण्ड रहेका छन् ।
यस्तै, क्यानडा, फ्रान्स, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, भुटान, पराग्वे, तान्जानिया, फिलिपिन्स, मोजाम्बीक, मेक्सिको, जापान, इजरायल, न्युजल्याण्ड, बेलायत, इथियोपिया, पाकिस्तान, आइसल्याण्ड, चिली, म्यानमार, स्पेन, ग्वाटेमाला, लिथुवानिया, नाइजेरिया, इजिप्ट, चेक रिपब्लिक, फिनल्याण्ड, ग्रिस, जर्मनी, गाबोन, युगाण्डा, केन्या, कुवेत, बुल्गेरिया, डोमेनिकन रिपब्लिक, माडागास्कर, सर्विया र भेनेजुयलासँग पनि नेपालको व्यापार घाटा रहेको छ ।
श्रीलंका, हंगेरी, कजाकास्तान, कोस्टारिका, पेरु, रोमानिया, स्वाजील्याण्ड, पपुगा न्युगिनी, बहराइन, यमन, स्लोभाकिया, इरान, नामिबिया, सर्विया, सिरिया लियोन, रुस, मोरक्को, जोर्डन र जमैकासँग पनि नेपालको व्यापार घाटामा रहेको विभागले जनाएको छ ।
नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, माली, अंगोला, मंगोलिया, पोर्चुगल, क्रोयसिया, न्यु क्यालेडोनिया, लेबनान, लाट्भीया, मौरिसस्, स्लोभेनिया, अष्ट्रिया, स्वीडेन, नर्वे, कम्बोडिया र डेनमार्क रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार