समितिले माग्यो प्रधानन्यायाधीश राणाविरुद्ध लगाइएका आरोपका प्रमाण
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १५:४८:४७
१० भदौ, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाइएको अभियोगका प्रमाणहरु माग गरेको छ । समितिले लगाइएको अभियोगका प्रमाण, कागजात तथा भएका सबै जानकारी उपलब्ध गराउन आग्रह गरेको हो ।
संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको छ । नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस भएको सूचनामा उल्लेख छ ।
महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिन भनिएको छ ।
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते बोलाएको छ । राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार