आजदेखि आयोगमा समानुपातिकतर्फ उम्मेदवारी दर्ता हुँदै
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १६:४८:२२
१० भदौ, काठमाडौं । निर्वाचन आयोगले आजबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिदैछ । आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउनेछन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरे झैं समानपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिने बताए । आयोगले निवेदन दर्ताका लागि भदौ १२ गतेसम्मको समयसीमा तोकेको छ । आयोगका कार्यतालिका बमोजिम असोज २ र ३ गते दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ८७ दल दर्ता भएका छन् । दर्ता भएका ८७ दलमध्ये ७५ वटा दलले एकल र चार वटा समूहमा रहेका १२ दलले तालमेल गरे बमोजिम चुनाव चिह्न पाउनेछन् ।
आयोगले बुधबार मात्रै उक्त दलहरुको दर्ता स्वीकृत गरेको थियो । दर्ता स्वीकृत भएका ८७ दलले मात्रै समानुपातिकतर्फ उम्मेदवारी मनोनयन गर्न पाउने प्रवक्ता पौडेलले बताए । आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ स्पर्धा गर्ने दलले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन गर्नुपर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार