लघुबिमा कम्पनीको लाइसेन्स खुला, क्रस होल्डिङ हुने गरी आवेदन दिन नपाइने
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १९:५६:९
१० भदौ, काठमाडौं । लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ ।
लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै कुनै बिमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन ।
लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ ।
सूचनामा भनिएको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघु बिमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
प्रसिद्ध धार्मिकस्थल मल्लिकार्जुन राष्ट्रिय धाम
बैशाख २१, २०८१ शुक्रबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार