भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २१:३८:३८
१० भदौ, काठमाडौं । जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो ।
नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहीबार बिहान १२ बजे विमान अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको उक्त विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार