‘उष्णकटिबन्धीय क्षेत्रमा वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुने’
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शनिबार ४:२४:२
१० भदौ, काठमाडौं। मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् ।
सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ । यदि उत्सर्जन नियन्त्रण गरिएन भने, यी क्षेत्रहरूमा ठूलो सङ्ख्यामा मानिसहरूले अत्यधिक गर्मीको सम्भावित ‘भयानक’ अवधिको सामना गर्न सक्छन् ।
हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोले भने, “यदि हामीले एकसाथ काम गर्न सकेनौँ भने अर्बौं मानिस वास्तवमै यी अत्यन्तै खतरनाक तापक्रमको चपेटामा पर्नेछन् जुन हामीले आधारभूत रूपमा देखेका छैनौँ । जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुने गरेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई खतरामा पारिरहेको छ । अधिकांश जलवायु अनुमानहरूले विभिन्न नीति परिदृश्यहरूअन्तर्गत तापमान वृद्धिको भविष्यवाणी गर्दछ, तर ती मार्गहरूमध्ये कुन बढी सम्भावना छ भनेर बताउँदैन ।
‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’मा प्रकाशित यस अध्ययनमा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताको सम्भावित जोखिमको अनुमान गरेका छन् । उनीहरूले मानव गतिविधिबाट कार्बन डाइअक्साइड उत्सर्जनको स्तर र विश्वव्यापी तापक्रम वृद्धिको परिणामीस्तरको भविष्यवाणी गर्न साङ्ख्यिकीय अनुमानहरू प्रयोग गरका छन् । अध्ययनअनुसार उष्णकटिबन्धीय क्षेत्रका धेरै मानिसहरूले शताब्दीको अन्तसम्म आधा वर्षका लागि खतरनाक गर्मीको स्तरको सामना गर्न सक्दछन्, यद्यपि विश्वले पेरिस जलवायु सम्झौताको लक्ष्यमा तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कमको पूर्व औद्योगिक स्तरभन्दा माथि बढाउँदछ ।
उष्ण कटिबन्धीय क्षेत्रबाहिर घातक गर्मीको प्रकोप वार्षिक रूपमा हुने उनीहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूले ३९ दशमलब ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् भने ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको बताएका छन् । जेपेटेलोले भने, “यो चरम गर्मीलाई मूलरूपमा पानीजहाजको बोइलर कोठा जस्तै तातोमा कोठाभित्र काम गर्ने मानिसहरूका लागि विकसित गरिएको थियो । यो बाहिरी कामका लागि विरलै अवलोकन गरिएको थियो ।”
अनुसन्धानकर्ताले जबसम्म उत्सर्जनमा गम्भीर कटौती हुँदैन, उप–सहारा अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको जनाएका छन् शताब्दीको अन्त्यसम्ममा यो अवस्था आउने ठोकुवा गर्दै उष्णकटिबन्धीय क्षेत्रका केही भागहरूमा मानिसहरूले प्रत्येक वर्ष गर्मीको यो स्तरको अनुभव गर्ने बताएका छन् । “यो निकै डरलाग्दो कुरा हो,” उनले एएफपीसँग भने, “यस्तो अवस्थामा बाहिर हिँड्नु पनि खतरनाक हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार