समानुपातिकतर्फ २९ दलको मनोनयन, कुन प्रदेशमा कति दल ?
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार १५:१४:२२
११ भदौ, काठमाडौं । निर्वाचन आयोगले शुक्रबारबाट समानुपातिकतर्फको मनोनयन दर्ता सुरु गरेको छ । पहिलो दिन प्रतिनिधि सभातर्फ२९ दलले मनोनयनको निवेदन दिएका छन् ।
राजनीतिक दलबाट मनोनयनको निवेदन लिने कार्यभदौ १० गतेदेखि १२ गतेसम्म चल्नेछ । आयोगमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले मनोनयनको निवेदन बुझाएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “समानुपातिकतर्फ राजनीतिक दल नै उम्मेदवार हुने भएकोले अहिले निवेदन दिने दलको चुनाव चिह्न मात्रै समानुपातिकतर्फको मतपत्रमा समावेश हुनेछ ।”
आयोगले निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ता गरेको थियो । सो अवधिमा दर्ता भएका दलले मात्रै समानुपातिकतर्फ मनोनयन दिन पाउनेछन् । आयोगका अनुसार शुक्रबार समानुपातिकतर्फ प्रदेशसभा अन्र्तगतप्रदेश नं १ मा २५, मधेश प्रदेशमा २७ र बागमती प्रदेशमा २६ दलले मनोनयनको निवेदन दिएका छन् । गण्डकीमा २५, लुम्बिनीमा २६, कर्णालीमा २२ र सुदूरपश्चिममा २३ दलले निवेदन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार