परिपत्रले कांग्रेसमा कलह, गृहमन्त्री खाँणसहित ४० नेता बाहिरिएपछि देउवा तनावमा
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार १६:२८:४४
११ भदौ,काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उमेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन सहितको परिपत्र जारी गरेपछि नेपाली कांग्रेसमा कलह सुरुभएको छ । २०७४ को निर्वाचनमा समानुपातिक तर्फबाट प्रदेश र प्रतिनिधिसभामा निर्वाचित भएकाहरु आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि कलह सुरु भएको हो ।
कांग्रेस महामन्त्री गगन थापाद्वारा हस्ताक्षरित जारी परिपत्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ । कांग्रेसले उम्मेदवार सिफारिस गर्न पठाएको उक्त परिपत्रमा २०७४ को चुनावमा समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नाम सिफारिस नगर्न भनेको छ ।
कांग्रेसको विधानअनुसार लगातार दुइपटक समानुपातिक सांसद हुन नपाउने भएपछि उनीहरूको नाम सिफारिस नगर्न भनिएको कांग्रेस नेताहरुको भनाइ छ । यसमा २०७४ को निर्वाचनमा समानुपातिक तर्फ नाम सिफरिस भएका तर, निर्वाचित नभएकाहरुको नाम भने सिफरिस गर्ने सकिने बताइएको छ ।
जारी परिपत्रमा गरिएको व्यवस्थाले ४० भन्दा माथि माथिल्लो तहका नेतहरु चुनावी मैदानबाट बाहिरिने भएको छन् । उनीहरु बाहिरिने भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि समस्या परेको छ । सभापति देउवालाई परिपत्रमा राखिएको यो व्यवस्था हटाउन दवाव परेको बताइएको छ ।
समानुपातिक उम्मेदवार बन्न नपाउने कांग्रेसका प्रतिनिधिसभा सांसदहरूमा बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू ,बहादुरसिंह लामा, नागेन्द्र कुमार, सीतादेवी यादव, चित्रलेख यादव, सुजाता कोइराला, मिनाक्षी झा, अतहर कलाम मुसलमान,सरवत आरा खानम,कर्मा घले रहेका छन् ।
यस्तै उम्मेदवार बन्न नपाउने अन्य नेताहरुमा उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिब्यमणी राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, पुष्पा गौतम,डिला संग्रौला पन्त, मिना पाण्डे, उमा रेग्मी, रंगमती शाही,पद्मनारायण चौधरी,पार्वती डिसी चौधरी रहेका छन् ।
यसैगरी नमिताकुमारी चौधरी,मानबहादुर विश्वकर्मा,मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली स्नेही, सुजाता परियार, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मिना सुब्बा, किशोरसिंह राठौंर, सत्यनारायण शर्मा खनाल, सूर्यबहादुर केसी, रामबहादुर विष्ट, लक्ष्मी परियार, बिमला नेपाली, विनोद चौधरी, स्मृतिनारायण चौधरी पनि उम्मेदवार बन्न नपाउने भएका छन् ।
परिपत्रमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी २०७९ भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पढाउनुपर्ने भनिएको छ ।
जिल्ला कार्यसमितिले भने क्षेत्रबाट आएको सिफारिसमा आफ्नो राय समेटेर भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा नाम पठाउनुपर्ने हुन्छ । यता, एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भदौ १८ गते जिल्लाले प्रदेश र २० गते प्रदेशले केन्द्रमा उमेदवार सिफारिस गर्नुपर्ने परित्रपत्रमा उल्लेख गरिएको छ ।
प्रदेशतर्फ भने प्रदेशसभा क्षेत्रीय समितिले प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम भदौ १४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । यो एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका लागि पठाइएको निर्देशन हो ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसमा आफ्नो रायसहित प्रतिनिधिसभा क्षेत्रीय समितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले आफ्नो रायसमेत उल्लेख गरी भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने हुन्छ ।
समानुपातिक उम्मेदवार बन्न नपाउने कांग्रेसका प्रतिनिधिसभा सांसदहरूः
सुजाता कोइराला
बालकृष्ण खाँण
दिलेन्द्रप्रसाद बडू
सीतादेवी यादव
चित्रलेख यादव
बहादुरसिंह लामा
नागेन्द्र कुमार
जिपछिरिङ लामा
दिब्यमणी राजभण्डारी
मिनाक्षी झा
अतहर कलाम मुसलमान
सरवत आरा खानम
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
पुष्पा गौतम
डिला संग्रौला पन्त
मिना पाण्डे
उमा रेग्मी
रंगमती शाही
पद्मनारायण चौधरी
पार्वती डिसी चौधरी
नमिताकुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली स्नेही
सुजाता परियार
महेन्द्रकुमारी लिम्बु
हिरा गुरुङ
मिना सुब्बा
किशोरसिंह राठौंर
सत्यनारायण शर्मा खनाल
सूर्यबहादुर केसी
रामबहादुर विष्ट
लक्ष्मी परियार
बिमला नेपाली
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार