नेकपा (एस)बाट काठमाडौं-४ मा पाँच जना सिफारिस, को – को परे ?
नेपालबहस संवाददाता
भदौ ११, २०७९ आइतबार ४:८:११
११ भदौ, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) काठमाडौं निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनालाई सिफारिस गरेको छ ।
कमिटीको आज बसेको बैठकले काठमाडौं जिल्ला कमिटीका कावा सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो । जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ ।
सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारीस्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहनुभएका न्यौपानेले जानकारी दिए ।
बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो । पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् ।
यसैबीच बूढानीलकण्ठ–१०, कपनस्थित कपन बहुमुखी क्याम्पसको साधारणसभा यही भदौ १८ गते बस्ने भएको छ । सभाले क्याम्पस सञ्चालनका लागि अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार