भारतका नयाँ प्रधानन्यायाधीश ललितद्धारा शपथग्रहण
नेपालबहस संवाददाता
भदौ ११, २०७९ आइतबार ४:३५:४
११ भदौ, काठमाडौं। भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले शपथ ग्रहण गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान शपथ लिएका छन्। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा शपथ खुवाउनु भएको थियो । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् ।
उनको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ । झण्डै तीन महिने कार्यकालमा उनले तीन कामलाई प्राथमिकता दिने बताएका छन् । अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए ।
उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए । अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन । उनीसुरुमा पुनरावेदन अदालतमा न्यायाधीश भएका थिए। त्यसपछि सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। सन् १९५७ को नोभेम्बरमा महाराष्ट्रको सोलापुरमा जन्मिएका ललितका पिता पनि न्यायाधीश नै थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार