भारत र ब्राजिलद्वारा सुरक्षा परिषद्को सुधारको माग
नेपालबहस संवाददाता
भदौ ११, २०७९ आइतबार ४:५४:२५
११ भदौ, काठमाडौं। भारत र ब्राजिलले अन्तरराष्ट्रिय शान्ति र सुरक्षामा समसामयिक चुनौतीहरूको सामना गर्न मद्दत गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को व्यापक सुधारको आवश्यकतालाई औंल्याएको छ । भारतको विदेश मन्त्रालयले दिएको जनाकारी अनुसार यस किसिमको विचार आठौं ब्राजिल-भारत संयुक्त आयोग बैठक (जेसीएम) पछि जारी गरिएको संयुक्त वक्तव्यमा जनाइएको छ।
अगस्ट २४ मा ब्राजिलियामा भएको संयुक्त आयोगका सहअध्यक्ष विदेशमन्त्री एस जयशंकर ब्राजिलका समकक्षी कार्लोस अल्बर्टो फ्रान्को फ्रान्काले गरेका थिए। शनिबार जारी गरिएको मन्त्रालयको विज्ञप्ति अनुसार सन् २००६ मा स्थापित रणनीतिक साझेदारी थुप्रै क्षेत्रहरू समेट्न त्यसपछिका दिनहरूमा द्वीपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको छ। सो साझेदारीका विषयहरू साझा लोकतान्त्रिक मूल्यमान्यता, समान विश्वव्यापी दृष्टिकोण, र सामाजिक समावेशीकरण र दिगो विकासका साथ आर्थिक वृद्धिलाई बढावा दिने लगायतका प्रतिबद्धतामा आधारित छन्।
विदेश मन्त्रालयले दुई देशले संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय संगठनहरू र जी-२०, ब्रिक्स, आइबिएसए, जी-४ लगायात बहुपक्षीय फोरमहरूमा पनि व्यापक रूपमा सहयोग गर्ने बताएको छ। ब्राजिलमा भएको वार्ताका क्रममा दुई विदेशमन्त्रीले द्विपक्षीय सम्बन्धका सर्वाङ्गीण पाटोका बारेमा छलफल गरेका थिए । उनीहरूले व्यापार तथा आर्थिक सम्बन्धको समीक्षा गर्नुका साथै कोभिड–१९ को महामारीबाट उत्पन्न चुनौतीका बाबजुद द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएकोमा सन्तुष्टि समेत व्यक्त गरेका थिए ।
कुल द्विपक्षीय व्यापार गत वर्षको तुलनामा सन् २०२१ मा ६३.५ प्रतिशतले बढेर ११.५३ बिलियन अमेरिकी डलर पुगेको छ । भारत ब्राजिलको पाँचौ ठूलो व्यापार साझेदार बनेको छ। उनीहरूले द्विपक्षीय व्यापारको वृद्धि र विविधीकरणको थुप्रै सम्भावनालाई औंल्याउँदै निजी क्षेत्रलाई अवसरहरू खोज्न आग्रह गरेका छन्। दुवै विदेश मन्त्रीले सन् २०२२ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुवै देश निर्वाचित सदस्य बनेको बेलामा दुई देशबीचको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए।
उनीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को व्यापक सुधारको तत्काल आवश्यकतालाई पुनस् पुष्टि गर्दै विशेष गरी स्थायी र गैर(स्थायी दुवै क्षेत्रमा यसको विस्तार गर्ने, यसलाई थप प्रतिनिधि, प्रभावकारी र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको समसामयिक चुनौतीहरूको लागि उत्तरदायी बनाउन आग्रह गरिएको जनाइएको छ। दुवै मन्त्रीले जी-२० को महत्त्वलाई प्रकाश पार्दै भारत सन् २०२३ र ब्राजिल २०२४ को आगामी अध्यक्षताको समयमा नजिकबाट सहयोग गर्न सहमत भएका छन्।
मन्त्रीहरू फ्रान्का र जयशंकरले विकासशील विश्वको हित र दक्षिण-दक्षिण सहयोगको पक्षमा भारत, ब्राजिल र दक्षिण अफ्रिका, तीन महादेशका तीन ठूला लोकतान्त्रिक, बहुलवादी र विविध समाजहरू जम्मा गर्ने आइबिएसएलाई थप प्रोत्साहन दिन सहमत भएका छन् ।
दुवै मन्त्रीले ब्रिक्स अन्तर्गतको सहयोगलाई पनि स्वागत गरेका छन् । सङ्गठनले स्थापना कालदेखि रचनात्मक काम गरेको पनि उनीहरूको बुझाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार