बालेनलाई भष्म गर्न उनको घर पुगेका जोगी भेषका एक व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १६:४२:१३
१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरबाट प्रहरीले जोगी भेषका एक व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ गरिएको हो ।
जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका थिए । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुव्र्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो । जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार