उठ्दैछ मानव सेवा आश्रम
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १८:२०:२८
१२ भदौ, गलकोट । पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट संचालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा संघ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ ।
आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायीरुपमा निर्मित भवनबाट सेवा दिइरहेको छ । आश्रममा अहिले ५० सहयोगापेक्षी बेसहारा मानिसलाई राखिएको आश्रमका संयोजनक विपना तामाङले बताए । उनले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाउनाका साथै आफ्नै भवन तीव्र गतिमा बनाइरहेको बताए । विसं २०७३ मा बागलुङमा स्थापना भएको उक्त आश्रमले गतवर्षदेखि वडा नं ४स्थित निरयघाटमा रु १२ करोडको लागतमा भवन निर्माण सुरु गरेको हो ।
आश्रमको अहिले ‘बि’ ब्लक भवनको दुई तला र ‘सि’ ब्लक भवनको एक तला ढलान गरिएको छ । आश्रमले आर्थिक वर्ष २०७८÷७९मा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाबाट रु ९८ लाख ४६ हजार र्संकलन गरेर भवन निर्माणमा लगाएको थियो। भवन निर्माणमा हालसम्म रु एक करोड ६१ लाख खर्च भएकामा गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास कार्यालयबाट रु ४६ लाख त्रिसठ्ठी हजार, नगरपालिकाबाट रु आठ लाख ५१ हजार, जैमिनी नगरपालिकाबाट रु १० लाख ५३ हजार, रघुगंगा गाउँपालिकाबाट रु एक लाख ९४ हजार, जलजला गाउँपालिकाबाट रु छ लाख ६४ हजार र मानव सेवा आश्रम हेटाैँडा शाखाबाट रु १० लाख सहयोग प्राप्त भएको आश्रम निर्माण समितिका अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए । भवन निर्माणकै लागि गत आर्थिक वर्षमा रु १२ लाख १७ हजार विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको थियो ।
अध्यक्ष खड्काका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु ५० लाखसहित विभिन्न पालिकाबाट संकलित रु ७३ लाखको लागतमा ‘बी’ ब्लकको पहिलो तला निर्माण भएको थियो । “हामी भवन निर्माणको सुरुआतीमै छाैँ । भवन लागत र डिजाइन हेर्ने हो भने निकै खर्चिलो छ, हालसम्म जम्मा एक करोड ६१ लाख मात्रै खर्च भएको छ, चालु आर्थिक वर्षमासमेत गण्डकी प्रदेश सरकारका साथै बागलुङ, पर्वत र म्याग्दीका विभिन्न पालिकाबाट झण्डै रु एक करोड रकम विनियोजन भएकाले भवनको ‘ए’ ब्लक बनाउने लक्ष्य लिएका छौँ” खड्काले भने “चालु आर्थिक वर्षमा भवनले एउटा आकार लिनेछ,, हामीले ‘बी’ ब्लकलाई तीन तला र ए र सी ब्लकलाई दुई तला ‘सी’ आकारमा निर्माण गरिरहेका छौँ, सबैको सहयोगमा आश्रमले सुविधा सम्पन्न भवन, तालिम कक्ष, योगा कक्ष, नर्सिङ सेन्टर, पार्किङ तथा प्राङ्गण निर्माण गर्नेछ ।”
चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिकालगायत पालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । एक वर्षपछि आश्रमको केही भाग निर्माण गरेर आफ्नै भवनबाट सेवा दिनेछ भने भवन निर्माण केही वर्षमा सम्पन्न हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार