राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकलाई राष्ट्रियसभाले विधायन समितिमा पठायो
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २०:१६:५७
१२ भदौ, काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।
नागरिकता विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने गृहमन्त्रीको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रस्ताव तिमिल्सिनाले ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापम समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको’ घोषणा गरेका थिए ।
प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो । राष्ट्रिय सभाको आइतबारकै बैठकमा प्रतिनिधिसभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइएको थियो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
राष्ट्रिय सभाबाट विधेयक पुनर्विचारका लागि समितिमा गएको छ । समितिले राष्ट्रपतिको सन्देशसहित विधेयकका विषयमा थप छलफल गर्नेछ । पुनर्विचार गर्न आवश्यक विषयमाथि छलफल गरेर आवश्यक ठानेमा पुनर्विचार गर्नुपर्ने व्यवस्था उल्लेख गरेर प्रतिवेदन तयार गरी राष्ट्रिय सभामा पेस गर्नेछ ।
संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा वाचन गरिएको थियो । राष्ट्रिय सभाले त्यो प्रतिवेदनमाथि छलफल गरेर स्वीकार वा अस्वीकार गर्नेछ । त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिनेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते ३ बजेका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार