ओली नेतृत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २०:४३:१४
१२ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंसिरमा हुने आमनिर्वाचनका लागि ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् ।
परिचालन समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहने सचिवालय गठन गरेको प्रचार विगभाका सचिव गगन विष्टले जानकारी दिए । परिचालन कमिटी र त्यसको सचिवालय दुवैको सचिवमा पार्टीका उपमहासचिव विष्णु रिमाललाई बनाउने निर्णय गरेको छ ।
’प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरिएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले प्रदेश, जिल्ला, पालिका, वडा र मतदान केन्द्र (बुथ)सम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो,’ विष्टले भने, ’परिचालन समिति अन्तर्गत उप समितिहरू गठन गरेर काम अघि बढाउने निर्णय भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार