हिलारीले पनि पोस्ट गरिन नाचेको भिडियो
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १३:३८:४२
१३ भदौ, काठमाडौं । एउटा डान्स पार्टीमा अस्वभाविक रुपमा नाचेपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनको समर्थन बढ्दो छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति पदकी पूर्वउम्मेदवार हिलारी क्लिन्टनले आइतवार समर्थन जनाएकी छिन् ।
विदेशमन्त्री हुँदा सन् २०१२ मा कोलम्बिया भ्रमणको क्रममा एक भीडभाड क्लबमा ठूलो मुस्कानसहित नाचेको आफ्नो तस्बिर राख्दै उनले ट्वीटरमा लेखेकी छिन्, ‘नृत्य जारी राख्नुहोस्, सान्ना मारिन ।’
हर्टको इमोजिसहित मारिनले तुरुन्तै जवाफ दिइन्, ‘धन्यवाद हिलारी क्लिन्टन । ’ केही दिनअघि लीक भएको भिडियोमा मारिनले साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच र पार्टी गरिरहेको देखाइएको छ । उक्त भिडियो प्रधानमन्त्रीको लागि अनुपयुक्त भएको उनका विरोधीहरुले आलोचना गर्दै आएका छन् । तर, उनको पनि व्यक्तिगत जीवन भएको भन्दै कतिपयले ३६ वर्षीय प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्रीमाथि लागूऔष सेवनको आरोप लगाइएको थियो । सो आरोप पुष्टि गर्न उनले ड्रग टेस्ट गरेकी थिइन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
उनको भिडियो भाइरल भएपछि उनको सिको गर्दै विश्वभरका महिलाले नाचेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसअघि अस्ट्रेलियाकी संसदले पनि मारिनको समर्थनमा नाचेको तस्बिर पोस्ट गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली चार बन्धक रिहाको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक रिहाको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार