समानुपातिकको मतपत्रमा ६८ चुनाव चिह्न रहने
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १७:२०:५६
१३ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ स्पर्धा गर्न ६८ निवेदन परेका छन् । निवेदन बुझाएका दलबारे छानबीनपछि निर्वाचन आयोगले भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्नेछ ।
प्रतिनिधिसभामा समानुपातिकतर्फको मतपत्रमा अब ६८ चिह्न मात्रै रहनेछन् । दल दर्ता हुँदा दश वटा चिह्न पाउन दाबी गरेका दलले भने निवेदन दिएन । मंसिर ४ गते हुने चुनावमा भाग लिन आयोगले राजनीतिक दल दर्ता आह्वान गर्दा ७९ चिह्नका लागि ८७ दल दर्ता भएका थिए । ७५ राजनीतिक दलले एकल चुनाव चिह्नका लागि दर्ता भएकोमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले चुनावमा भाग नलिने जनाएपछि दर्ता भएकामध्ये उक्त दल हटेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ७६ राजनीतिक दलका ६८ निवेदन परेको छ । आयोगले भदौ १० देखि १२ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दललाई निवेदन दिन आह्वान गरेको थियो । चुनाव तालमेल गरेर १२ राजनीतिक दल चार समूहमा निवेदन दिएका छन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार मतपत्रमा उक्त १२ दलको चार चुनाव चिह्न मात्रै रहने हुँदा दर्ता भएको दलको अपेक्षा मतपत्रमा चुनाव चिह्न कम हुनेछ ।
आयोगका अनुसार समानुपातिकतर्फ प्रदेश सभा मधेश प्रदेशमा सबैभन्दा बढी राजनीतिक दल भाग लिनेछन् । मधेश प्रदेशमा समानुपातिकतर्फको मतपत्रमा ६७ दलको ५९ चुनाव चिह्न रहनेछन् ।
वागमती प्रदेशमा ६६ दलको ५८ चिह्न रहने आयोगले जनाएको छ । प्रदेश १ मा ६३ दलको ५५ वटा चुनाव चिह्नका लागि निवेदन परेका छन् । गण्डकी प्रदेशको मतपत्रमा ६० दलको ५२, लुम्बिनीमा ६२ दलको ५४, कर्णालीमा ५७ दलको ४९ र सुदूरपश्चिममा ५८ दलको ५० चुनाव चिह्न रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार