रिजालद्वारा स्याङजा एक (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारीका लागि आवेदन दर्ता
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार २०:०:४९
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं वरिष्ठ पत्रकार इन्द्रबहादुर रिजालले स्याङजा क्षेत्र न.१ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारीका लागि आवदेन दर्ता गराएका छन् । सोही क्षेत्रबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत रहेका रिजालले सोमबार प्रदेशसभा सदस्यको उम्मेदवारका लागि आवेदन दिएका हुन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका रिजालले यसअघि जिल्ला तथा क्षेत्रीय स्तरका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहदै आएका छन् । रिजाल हाल सदाबहार मिडिया हाउसका अध्यक्ष तथा नेपालबहस डटकमका प्रधान सम्पादकसमेत हुन् ।
रिजालले उम्म्मेदवारी सिफरिसका लागि आवेदन दिएपछि स्याङ्जा क्षेत्र.१ (क) का कांग्रेस कार्यकर्तादेखि स्थानीय जनताहरुले समेत उनलाई स्वागत गरेका छन् । २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट अगाडि आएका रिजाल नेविसंघको जिल्ला उपाध्यक्ष हुँदै विद्यार्थी संघले गरेका हरेक आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।
पत्रकारिता र राजनीतिलाई संगै एकसाथ अगाडि बढाएका रिजाल अर्थराजनीतिक विश्लेषक समेत हुन् । आर्थिक क्षेत्रमा उनले चलाएको कलमले बेला–बेला तरंग नै पैदा गर्ने गरेको छ । विगत ३ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय रिजाल प्रखर वक्ता, निष्ठाको राजनीति गर्ने र नेपाली कांग्रेसमा अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनको लोकप्रियता र बौद्धिकतालाई मूल्याङ्कन गर्दै स्याङ्जा क्षेत्र न.१ (क) बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाउने निश्चत प्राय भएको छ । स्याङजा पत्रकार समाजका अध्यक्षसमेत रहेका रिजालले पत्रकारिताको माध्यमबाट स्थानीय स्तरमा पुर्याएको योगदानको कदरका लागि पनि उनले टिकट पाउनैपर्ने स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार