नागरिकताका विषयमा राष्ट्रपति र कांग्रेस पदाधिकारबीचको छलफल सकियो, एमालेसँग सुरु हुँदै
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार २२:५३:१९
१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक पारित गर्ने विषय र आगामी मंसिर ४ मा हुनगइरहेको निर्वाचनबारे चासो राखेकी छन् । सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीसँग सोमबार राष्ट्रपतिको कार्यलय शीतलनिवासमा छलफलमा उनले यस्तो चासो राखेकी हुन् ।
नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो कांग्रेस पदाधिकारीहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका थिए । आफूहरूले नागरिकता विधेयकका विषयमा कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।
नागरिकता सम्बन्धी विधेयक केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको थियो र त्यही विधेयक प्रतिनिधिसभाले पारित गरेको प्रधानमन्त्री देउवाले जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनका विषयमा पनि चासो राखेकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्नेमा उनको जोड थियो ।
राष्ट्रपति भण्डारीसित भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । उनले साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी एमाले नेताहरुलाई बोलाएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार