झापाबाट चार सय ४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान
नेपालबहस संवाददाता
भदौ १३, २०७९ मंगलबार ४:५१:५
१३ भदौ,बनियानी। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगितामाअन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना खेलाडी छनोट भएका हुन् । भदौ ४ गतेदेखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता आज औपचारिक रुपमा समापन गरिएको छ ।
समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकाले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिए । खेल र खेलाडीलाई साधनस्रोत र सुविधा उपलब्ध गराउन सके अपेक्षाकृत सफलता मिल्ने बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले छनोट प्रतियोगिताको गतिविधिबारे जानकारी गराउनुभएको थियो । सीमित स्रोतसाधनका बाबजुत भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको बताए । सोही कार्यक्रममा खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पु¥याएर सेवा निवृत्त हुनुभएका दुई प्रशिक्षकलाई सम्मान गरेको छ । हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक छाडेको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार