कैदीबन्दीलाई पुस्तक उपहार
नेपालबहस संवाददाता
भदौ १३, २०७९ मंगलबार ५:१८:४७
१३ भदौ, गण्डकी । बन्दी जीवन बिताइरहेकालाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ । १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालयले आज बागलुङ कारागारमा पुगी पुस्तक प्रदान गरेको हो ।
साहित्य, इतिहास, दर्शनलगायत विधाका २६ थान पुस्तक कारागारलाई हस्तान्तरण गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिए। आठ हजार रुपियाँ मूल्य बराबरका ती पुस्तक कारागारमा रहेको पुस्तकालयमा रहने गरी प्रदान गरिएको हो ।
पुस्तक ग्रहण गर्दै कारागार प्रमुख डिलबहादुर केसीले कैदीबन्दीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति पुस्तकालयको प्रशंसा गरे । “अनेक कारणले कानूनको परिबन्धमा परेर कैदीजीवन बिताइरहेकालाई सत्विचार लिन, ज्ञानको दायरा बढाउन पुस्तकले मद्दत पुग्नेछ”, उनले भने ।
कारागारलाई पाठशाला बनाउने हेतुले गत महिना मात्र कारागारभित्रै पुस्तकालय स्थापना गरिएको प्रमुख केसीले उल्लेख गरे । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाईबे्ररी फाउण्डेशनको सहयोगमा उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको हो । विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले साताव्यापी रुपमा दिवस मनाउने सिलसिलामा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको बताए । उनले उपहार स्वरुप दिइएका पुस्तक सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।
उक्त पुस्तकालयले विसं २०२० तिर घुम्ती पुस्तकालय सञ्चालन गरी कारागारमा रहेका केदीबन्दीसम्म पुस्तक पु¥याउने गथ्र्यो । त्यसताका गृहणीका लागिसमेत उपयोगी पुस्तक घरघरै पु-याउने गरिएको पुस्तकालयका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले स्मरण गरे । अहिले भने घुम्ती पुस्तकालय सञ्चालनमा छैन ।
राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । प्रतिकूल स्थितिमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।
स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।
पुस्तकालयले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । बिहीबादेखि साताव्यापी कार्यक्रमसहित दिवस मनाउन सुरु गरिएको पुस्तकालयले जनाएको छ । शुक्रबार पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
शनिबार साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । आज कारागारलाई पुस्तक हस्तान्तरणसँगै पुस्तकालय परिसर सरसफाइ गरिएको जनाइएको छ । मङ्गलबार पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी हुनेछ ।
बुधबार दिवसको मूल समारोह आयोजना गरिएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित दिवस मनाइँदैछ । भाषा, वाङ्मयप्रेमीले पुस्तकालय दिवसलाई महत्वका साथ लिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार