राष्ट्रपतिको चासो: देउवाको बुझियो, ओलीको बुझिएन
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १५:४१:१३
१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्ण्डारीले गत शनिबारदेखि नागरिकताको विषयलाई लिएर फेरी सक्रियता बढाएकी छन् । उनले गएको शनिबारदेखि ठूला र साना राजनीतिक दलहरुलाई शीतलनिवासमै बोलाएर आफ्नो चासो व्यक्त गरिरहेका छन् ।
भदौ ११ गते शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूलाई शीतलनिवासमै बोलाएर यसविषमा ओफ्नो मनसाय राख्ने र लोसपाको मनसाय बुझ्ने काम गरिन् । आइतबार पनि उनले सम्बन्धित निकायका सरोकारवालाहरुसंँग अनौपचारिक छलफल गरेकी थिइन् ।
हिजो सोमबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका पदाधिकारीलाई दिउँसो २ बजे शीतलनिवास बोलाइन र लामै छलफल गरिन् । सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुलाई निम्ता दिएकी थिइन तर, अस्वस्थ्यताको कारण देखाएर अध्यक्ष ओली गएनन् ।
ओली बाहेक शीतलनिवास पुगेका एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा र शंकर पोखरेलसँग राष्ट्रपति भण्डारीले छलफल गरिन् । त्यसअघि कांग्रेस नेताहरुसँग भएको छलफलका विषयहरु उठाउँदै भण्डारीले नागरिकताका सम्बन्धमा कांग्रेस प्रष्ट देखिएको तर, एमाले कतै पनि नसुनिएको दुखेसो गरिन् । अर्थात भण्डारीले सोमबारको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाको बोली र भाषा उनले प्रष्टसँग बुझिन् ।
राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरुलाई सोमबार शीतलनिवासमा बोलाउनुको उदेश्य थियो नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले दोस्रो पटक हुबहु पारित गरेको विषय । संघीय संसद्का दुवै सदनबाट पारित भएर गएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित साउन ३० मा फिर्ता पठाएकी थिइन् ।
उक्त फिर्ता विधेयक प्रतिनिधिसभाले भदौ २ मा दोस्रो पटक हुबहु पारित गरेको थियो । प्रधानमन्त्री देउवा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग उनले लैंगिक असमानता र अंगीकृत नागरिकताका विषयमा चासो देखाइन् । जस्मा लैंगिक असमानताका विषयमा राष्ट्रपतिले पठाएको सन्देश सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्ने अवस्था रहेको जवाफ प्रधानमन्त्री देउवाले दिए ।
राष्ट्रपति भण्डारीले नयाँ शिराबाट छलफल हुन्छ भन्ने अपेक्षासहित आफूले नागरिकता विधेयक फिर्ता पठाएको जानकारी गराउँदा जवाफमा देउवाले राष्ट्रपतिको कदमलाई संविधानसम्मत र सकारात्मक रूपमा आफूले लिएको बताएका थिए । जन्मसिद्धका आधारमा केटाकेटीले जसरी अहिले नागरिकता पाएका छैनन्, मैले त्यसलाई सम्बोधन मात्र गर्न खोजेको हुँ र मैले राष्ट्रपतिजीका बारेमा केही पनि भनेको छैन भन्दै जवाफ फर्काएका थिए ।
छलफलमा सहभागी अर्का नेताका अनुसार महामन्त्री थापाले पनि राष्ट्रपतिले उठाएको विषयलाई ब्रिफिङ गरेका थिए । उनले आफ्नो पार्टीले गम्भीर रूपमा लिएको बताउँदै राष्ट्रपतिले लैंगिक समानतामा र वैवाहिक अंगीकृतका मामिलामा उठाएको विषय महत्वपूर्ण रहेको जनाएका थिए । थापाले जसरी ओलीजीले नागरिकता अध्यादेश ल्याउनुभयो र बीचमा त्यसमा सहमति कायम हुन नसकेर अड्किएर बस्यो । त्यसैगरी अहिले पनि सरकारले नागरिकता विधेयक ल्याउन खोजेको तर, एमालेका कारण अल्झिएको बताएका थिए ।
राष्ट्रपतिलाई महामन्त्री थापाले नयाँ संसद् आएपछि नागरिकता विधेयक बन्ने र त्यसका लागि राष्ट्रतिले अहिले दिएको सुझाव मार्गदर्शक बन्ने भन्दै कतिपय संविधान नै संशोधन गरेर भए पनि लैंगिक समानताका विषय उठाउनुपर्ने र वैवाहिक अंगीकृतको विषयमा पनि खुला ढंगले छलफल गर्नैपर्छ र भोलि गर्छौं भन्दै आश्वस्थ पार्न खोजेका थिए ।
शीतलनिवासबाट कांग्रेस नेताहरु बाहिरिए लगत्तै एमाले नेताहरु शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकबारे चासो राख्दै नागरिकता विधेयमा एमालेको भूमिकाबारे प्रश्न उठाएकी थिइन् । नागरिकता विधेयकमा आफुले कुनै व्यक्ति, दल वा गठबन्धनको ध्यानाकर्षण नगराएको भन्दै उनले अध्ययन गरेर फिर्ता पठाएको र त्यहाँबाट सम्बोधन भएर आउने विश्वास राखेको तर, त्यसमा एमालेको भूमिका नदेखिएको गुनासो गरेकी थिइन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार जवाफमा आफूहरूले नागरिकता विधेयकमा एमालेको धारणा राष्ट्रपतिसमक्ष राखेको र राष्ट्रपतिलाई नागरिकता विधेयकमा गठबन्धनले आफूहरूका कुरा नसुनेकाले अब चुनावमा जनतासमक्ष लिएर जाने धारणा राखेका थिए । राष्ट्रपतिले अध्यक्ष ओलीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएकी इिन् ।
राष्ट्रपतिलाई एमाले नेताहरुले सरकार नसच्चिएको, गठबन्धन नसच्चिएको र सम्बोधन गर्न नसक्ने अवस्था देखिएकाले नागरिकता विधेयकलाई मंसिर ४ गते हुने चुनावमा जनतामा लिएर जाने आश्वासन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार