कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनाव चिह्नविहीन
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १५:५३:३६
१४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपाल चुनाव चिह्नविहीन भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी अभियानमा जुटिरहँदा राप्रपा नेपाल भने चुनाव चिह्नविहीन बन्नुपरेको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपाललाई निर्वाचन आयोगले भदौ ८ गते ‘तिर’ चुनाव चिह्न दिन गरेको निर्णयमा सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । त्यसअघि, आयोगले असार २७ गते अध्यक्ष थापाले माग गरेको ‘गाई’ चुनाव चिह्न दिन नमिल्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयप्रति चित्त नबुझेको थापा सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले साउन ८ गते उक्त चिह्न अन्य कुनै दललाई नदिनुु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तिर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्ने सवोच्चको अन्तरिम आदेशमा भनिएको छ, “यो रिट निवेदनको विषयवस्तुु जोडिएको देखिदा छलफलको मितिसम्मका लागि निवेदकलाई भदौ ८ गतेको ‘तिर’निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनुु भनि नियमावली बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
यसरी दुवै मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि राप्रपा नेपाल चुनाव चिह्नविहीन बन्न पुगेको छ । सर्वोच्चले उक्त दुवै मुद्दाको विषयमा छलफलका लागि भदौ १४ गते पेशी तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार