निर्वाचन आयोगको फितलो व्यवस्थापन, कागजको टुंगो बिनै आठ करोड मतपत्र छाप्ने तयारी
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १६:४५:१०
१४ भदौ,काठमाडौं । निर्वाचन आयोगले भदौ २० गतेबाट आगामी निर्वाचनका लागि मतपत्र छपाइको काम सुरुगर्ने कार्यतालिका बनाएको छ । एकै पटक धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले हतारमा देखिएको निर्वाचन आयोगको व्यवस्थापन भने निकै फितलो भएको गुनासो आउन थालिसकेको छ ।
प्रत्यक्ष र समानुपातिक गरी करिब ८ करोडभन्दा बढी मतपत्र नछापी नपुग्ने आगोगको ठहर छ । तर, मतपत्र छाप्नका लागि कागजको अपहलेसम्म जोहो भएको छैन् । स्थानीय तहको निर्वाचनमा मतपत्र छोपेर बाँकि रहेको सीमित कागजबाट प्रदेश र प्रतिनिधिसभाका लागि मतपत्र छाप्न सुरु गरिने आयोगका अधिकारीहरु बताउँछन् ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको काम सकिएको छ । यो काम सकिएसँगै आयोगले मतपत्र छाप्ने काम सुरु गर्न लागेको हो । समानुपातिक प्रणालीमा भाग लिन आइतबारसम्म दल दर्ताका लागि दिएको समय सकिएसँगै आयोगले भदौ २० बाट मतपत्र छाप्ने भन्दै काम अगाडी बढाउन भनेको छ तर बाँकि कागज कहाँबाट कसरी र कुन प्रक्रियाबाट ल्याउने भन्ने निधो गरेको छैन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिन ७८ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि आइतबार साँझसम्म दिएको समयमा प्रतिनिधिसभातर्फ दल संख्या ७६ रहे पनि निवेदन संख्या ६८ मात्र छ ।
प्रदेश १ मा दल संख्या ६३ रहेकोमा निवेदन संख्या ५५ को परेको छ । मधेस प्रदेशमा ६७ राजनीतिक दल रहे पनि निवेदन संख्या ५९, बागमती प्रदेशमा दल संख्या ६६ रहे पनि निवेदन संख्या ५८, गण्डकी प्रदेशमा दल संख्या ६० रहेकोमा निवेदन संख्या ५२ रहेको छ ।
लुम्बिनीमा ६२ दल संख्या रहेकोमा ५४, कर्णालीमा ५७ दल रहेकोमा ४९ र सुदूरपश्चिम प्रदेशमा दल संख्या ५८ रहेकोमा निवेदन संख्या ५० रहेको आयोगले जनाएको छ । आयोगले मतदाता नामवलीमा देखिएका त्रुटि पनि सच्याउन सुरु गरेको छ । आयोगले मतपेटीसहितका निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री खरिद प्रक्रिया अघि बढाएको छ भने मतदानस्थलको अध्यावधिक गर्ने कामलाई पनि आयोगले अघि बढाएको जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रदेशका दुईदुई गरी चार प्रकारका मतपत्र छाप्नुपर्नेछ । प्रतिनिधिसभातर्फको समानुपातिक र प्रत्यक्षको एक÷एक गरी दुई मतपत्र आयोगले छाप्ने छ ।
प्रदेशसभा सदस्यतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र भने प्रदेशअनुसार फरक–फरक हुने आयोगको भनाइ छ । यसका लागि आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका लागि दुई/दुई करोड गर्दा आठ करोड मतपत्र आवश्यक पर्छ ।
अयोग कर्मचारीले दिएको जानकारीअनुसार भदौ २० बाट आयोगले चार प्रकारका मतपत्र छाप्न सुरु गर्दैछ । तर, मतपत्र छाप्नका लागि आवश्यक कागत खरिदका लागि टेण्डर भएको छैन ।
आज (मंगलबार) सम्ममा टेन्डर आह्वान गर्ने आयोगको तयारी थियो । टेण्डरको काम भइरहँदा स्थानीय तह निर्वाचनका बेला बचेको कागतबाट मतपत्र छाप्ने काम सुरु गर्ने ति कर्मचारीले बताए । मतपत्रको साइजसहितका विषयमा पनि आयोग टुंगोमा पुगिसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार