कांग्रेसविहीन निर्वाचन क्षेत्रप्रति कांग्रेस नेता पौडेलको आपत्ति, सबै मतपत्रमा रुख चिह्न नभए कांग्रेस हार्ने संकेत
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १८:२८:०
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन र नेपाली कांग्रेसभित्रसमेत छलफलमा आउन नसकेको गम्भिर विषयलाई बाहिर ल्याएका छन् । निर्वाचन आयोगले दलको उम्मेदवार नभएको क्षेत्र वा जिल्लामा त्यस दलको चुनाव चिह्न नराख्ने बताइरहेका बेला नेता पौडेलले यसमा असहमति जनाउँदै रुख चिह्न विनाको मतपत्र छापिए कांग्रेस हार्ने संकेतसमेत गरेका छन् ।
सोमबार सम्पादकहरूसँगको छलफलमा नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रका मतपत्रमा कांग्रेसको चुनाव चिह्न रुख राख्न नदिने षडयन्त्र भइरहेको दावी गरे । उनले सबै मतपत्रमा रुख चिह्न नराखे कांग्रस समानुपातिक मतमा सबैभन्दा पछिपर्ने तर्क गरे ।
पौडेलले रुख चिह्न नभएको क्षेत्रमा कोही पनि कांग्रेसका मतदाता मत खसाल्न नजाने र त्यसले गठबन्धनमासमेत असर पार्ने बताए । पौडेलेले आगामी निर्वाचनमा उमेदवार हुनेको मात्र चुनाव चिह्न राख्नेगरी निर्वाचन आयोगले तयारी गरेपनि कांग्रेसको चुनाव चिह्न सबै निर्वाचन क्षेत्रमा हुनुपर्ने माग राखे ।
पौडेलले सम्पादकहरुसँगको छलफलमा आफ्नो उम्मेदवारीको कारण, गठबन्धनको आवश्यकता, हरेक निर्वाचन क्षेत्रमा कांग्रेसको उपस्थिति किन आवस्यक भन्ने विषयलाई प्रस्ट्याउन खोजेका थिए । नेता पौडेलले सत्ता गठबन्धन रहर नभएर आवश्यकता भएको बताए । उनले गठबन्धन बाध्यता र आवश्यकता दुवै भएको भन्दै कांग्रेसले आफ्नो हैसियत ५१ प्रतिशत मत होल्ड गर्नसक्ने बनाउन नसकेकै कारण अहिले गठबन्धन आवस्य भएकोमा जोड दिए ।
उनले आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न हुनुपर्छ भन्ने कुरा आफुले पहिलेदेखि भन्दै आएको दावी गरे । उनले भने, ‘मैले अरू पार्टीहरूलाई पनि भनेको छु । नेपाली कांग्रेस एउटा ठुलो पार्टी हो । १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रूपमा रुख चिह्न त्यहाँ हुनुपर्छ । चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसद्का लागि होस् ।’
उनले सबैजनालाई भोट हाल्न जाने वातावरण बनाउन र कांग्रेसले आफ्नो समानुपातिकको भोट जोगाउनका लागि एवं गठबन्धनलाई बलियो बनाउन तथा भोट साटासाट गर्नका लागि पनि सवै निर्वाचन क्षेत्रमा रुख चुनाव चिह्न अनिवार्य भएको बताए । उनले प्रदेश वा संघमध्ये जहाँ भए पनि कांग्रेसको उमेदवारविहीन निर्वाचन क्षेत्र हुन नहुनेमा जोड दिए ।
गठबन्ध अहिलेको आवस्यकता मात्र नभई व्यवहारिक आवश्यकता भएको बताउने उाले कांग्रेसले माओवादीसँग गठबन्धन नगरे एमाले र माओवादीबीच गठबन्धन हुने दावी गरे । ‘हामीले नगरे अर्कोले गर्छ । पहिले कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, यसका लागि गठबन्धन आवश्यक छ । कांग्रेसले एक्लै लडेर जित्ने अवस्था छैन,’ पौडेलले भने ।
उनले माओवादीसँग गठबन्धन गर्नुहुँदैन भने तर्फ संकेत गर्दै भने हामीले आफैँ लडेर जित्ने पार्टी बनाउन नसकेको, अहिलेसम्म जति काम भएका छन त्यो कामबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत भोट कांग्रेसले पाउने अवस्था र ५१ प्रतिशत भोटको कमान्ड गर्न सक्ने अवस्थामा कांग्रेस नभएको सुनाए । उनले नेपालको राजनीतिमा व्यवस्था परिवर्तन र प्रयोग मात्र भएको भन्दै अब स्थिरता र विकासका लागि वर्तमान व्यवस्था टिकाउनुपर्नेमा पनि जोड दिए ।
उनले देशमा नैतिकता र सुशासन दुवैको खडेरी परेको भन्दै त्यसमा परिवर्तन ल्याउन सक्छु कि भनेर प्रत्यक्ष निर्वाचनबाटै आउन लागेको पनि बताएका छन् । त्यसका लागि आफूले तनहुँ–१ बाट उमेदवारी दिन लागेको जानकारी दिए । देशमा नैतिकता र सुशासनको खडेरी परेको छ, यसमा केही भूमिका खेल्न चाहेको हुँ मैले, यसका लागि जनताको म्यान्डेट आवश्यक परेकोले जनताको म्यान्डेट लिन तनहुँबाट उमेदवार बन्न चाहेको पौडेलले बताए । मर्नु भन्दा अगाडि केही गरेर मरौँ भन्ने इच्छा भएकाले केही गर्न सकिन्छ कि भनेर चुनाव लड्न खोजेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार