चाडपर्व लक्षित नयाँ नोट वितरणको तयारी, बजारमा गएका नगद नोट फिर्तामा देखियो समस्या
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार २०:१६:२०
१४ भदौ, काठमडौं । नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट वितरणको तयारी गरिरहँदा बजारमा चलनचल्तीमा गएका नगद नोट फिर्तामा भने समस्या देखिएको छ । चलनचल्तीका लागि बजारमा पठाइएको नगद नोट प्रणालीमा सहज रुपमा फर्कन सकेको छैन् । केही नगद नोट मात्रै प्रणालीमा आइरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सर्वसाधारणको हातबाट बिस्तारै नगद नोटहरु प्रणालीमा जान थालेको छ । बैंकले सार्वजनिक गरेको साउनको विवरणअनुसार, गएको दशैंयता १ खर्ब १४ अर्ब ३३ लाख रुपैयाँ हाराहारीमा मात्रै नोट प्रणालीमा फर्किएका छन । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदैछ ।
राष्ट्र बैंकको विवरणअनुसार केही समय यता, सहकारीहरु बचतकर्ताको रकम फिर्ता गर्न बैंक तथा वित्तीय संस्थामा राखेको पैसा झिकेर लगिरहेका छन् । यसले पनि अब पुराना बजारमा रहेका नगद नोटहरु प्रणालीमा फर्कने विश्वास लिइएको छ । सहकारीले रकम निकालेर बचतकर्तालाई फिर्ता दिन थालेपछि साउन महिनामा १६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ राष्ट्र बैंक प्रणालीमा फर्किएका छन् ।
विवरणअनुसार अहिले बजारमा ५ खर्ब ९९ अर्ब ९७ करोडभन्दा माथि नेपाली नोट चलन चल्तीमा रहेका छन् । यो बैंक तथा वित्तीय संस्थाभन्दा बाहिरको रकम हो । बैंक तथा वित्तीय संस्थामा जम्मा रहेको रकमलाई चलन चल्तीमा गणना नगरिने राष्ट्र बंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाहेक सर्वसाधारणको हातमा, सहकारी संस्थामा र अन्य निजी तथा सरकारी प्रयोजनमा रहेको नगद रकमलाई मात्रै चलन चल्तीमा रहेको नगद मानिन्छ ।
गत असारसम्म ६ खर्ब १६ अर्ब ३५ करोड बराबरका नेपाली रुपैयाँ चलन चल्तीमा रहेको थियो भने साउनमा १६ अर्ब ३७ करोड ३५ लाखले घटेको छ । गत वैशाखमा यस्तो नगद ३५ अर्ब ९३ करोड १९ लाख रुपैयाँ प्रणालीमा फिर्ता भइरहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यही समयमा ५७ अर्ब २९ करोड ३८ लाख रुपैयाँ फिर्ता भएको थियो ।
गत वर्ष दसैंताका सर्वाधिक ७ खर्ब १३ अर्ब ९८ करोड लाख रुपैयाँ बाहिरिएको थियो भने त्यसयता १ खर्ब १४ अर्ब रुपैयाँ नगद नोट फिर्ता भइसकेको छ । गत वर्षको दशैंमा ७ खर्ब १३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा हुँदा भदौमा ६ खर्ब ४५ अर्ब रुपैयाँ मात्र चलन चल्तीमा भएको पाइएको थियो ।
दशैंका कारण ६८ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरका नोट चलन चल्तीमा गएको थियो । त्यसैले यसपालीको दशैंमा पोहोरको तुलनामा कम नोट चलन चल्तीमा जाने अनुमान राष्ट्र बैंकको छ । पछिल्ला दिन सर्वसाधारणले नगद नोटभन्दा पनि मोबाइल वालेट र अनलाइन बैंकिङको प्रयोग बढाउँदै लगेका छन् । यसले पनि चलन चल्तीबाट नोटको प्रयोग कम हुँदै गएको राष्ट्र बैंकको ठहर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार