सञ्चारमन्त्री कार्कीलाई प्रधानमन्त्रीको निर्देशन, ‘सञ्चारसम्बन्धी कानूनहरू चाँडो टुंगोमा पुर्याउनू’
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार २०:४२:५१
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धीका विभिन्न कानुनहरूलाई चाँडो टुंगोमा पुर्याउन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिएका छन् । उनले फोनमार्फत चालु अधिवेशनमा नै यस्ता कानूनहरु टुंगोमा पुर्याउन मन्त्री कार्कीलाई निर्देशन दिएका हुन् ।
मंगलबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरुलाई टुंगोमा पुर्याउन सरकारले पहल गरिहेको बताएका थिए ।
प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेको भन्दै महासंघका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई भेटेर मंगलबार ध्यानाकर्षण गराएका हुन् ।
महासंघका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँग भेटपछि प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोनमार्फत निर्देशन दिएका थिए ।
महासंघका अध्यक्ष पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्याउन पहल गर्न आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको बताए ।
महासंघले अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै चिन्ता प्रकट गरेको छ ।
महासंघले प्रतिनिधिसभा भङ्ग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार