कक्षा १२ को नतिजा सार्वजनिक नहुने, गलत सूचनाले विद्यार्थी र अभिभावक तनावमा
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार २१:४५:३०
१४ भदौ, काठमाडौं । कक्षा १२ को परिक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौ १५ भित्र प्रकासित लक्ष्य राखेको तर, अजै परिक्षाको नतिजा प्रकासित गर्ने कुरा बोर्ड नगरेको जनाएको छ ।
बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार धरै प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न अझै केही दिन लाग्ने छ ।
१५ भदौसम्म प्रकाशित गर्ने तयारी बोर्डले गरेको हो तर, काम सकिएको छैन,शर्माले नेपालबहसलाई बताए । आज नतिजा प्रकासित हुने समाचार आएपछि नतिजा हेर्न विहानदेखि विद्यार्थी र अभिभावकहरु प्रतिक्षारत थिए । नतिजा नआउने भएपछि विद्यार्थी रअभिभावक तनावमा परेका छन् ।
अध्यक्ष शर्माले आज नतिजा प्रकासित नहुने प्रष्ट गर्दै नतिजाका लागि अझै केही दिन कुर्नुपर्ने बताए । प्राविधिक काम सकिए आज गर्ने भन्ने कुरा हो तर, सकिएन भन्दै उनले अझै दुइ चारदिन तलमाथि हुन सक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार