कारोबार रकम घटेपनि नेप्सेमा सुधार
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार २२:१४:२७
१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि शेयरबजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजारमा एकल अंकको सामान्य सुधार भएको हो ।
लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।
नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको शेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद शेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।
मंगलबार कुल १८६ कम्पनीको शेयर कारोबार भएकोमा ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाइ मूल्य ५.३२ प्रतिशतन र ग्लोबल आईएमई समुन्नती स्किम १ को इकाइमूल्य ३.४९ प्रतिशतले बढेको छ ।
यता वीन नेपाल लघुवित्त कम्पनीको शेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ४.०३ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार