नेपालले जित्यो टी–ट्वान्टी क्रिकेट शृंखला, केन्या ३१ रनले पराजित
नेपालबहस संवाददाता
भदौ १४, २०७९ बुधबार १:४९:४५
१४ भदौ, काठमाडौं । अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ ।
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको हो । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको हो । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् । बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी–२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए । यस्तै रोहित पौडेलले ४७ रन जोडे । अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।
शृंखलामा पहिलो पटक टस जितेर ब्याटिङ गरेको नेपालले ओपनिङ जोडीदेखि ब्याटिङ अर्डरमा परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले ओपनिङ गर्दै अर्धशतकिय साझेदारी गरे । एकै शृंखलामा यो तेस्रो ओपनिङ जोडी हो । यसअघि दुई खेलमा आसिफ शेख र पवन सर्राफ तथा दुई खेलमा पवन सर्राफ र अर्जुन साउदले ओपनिङ गरेका थिए ।
ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । २१ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाएर अर्जुन आठौं ओभरको अन्तिम बलमा आउट भए । तेस्रो नम्बरमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे । ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।
दीपेन्द्रले १८ बलमा २२ रन बनाए । लगातार ठूलो सट खेल्ने चक्करमा ज्ञानेन्द्र १५औं ओभरको दोस्रो बलमा आउट भए । ज्ञानेन्द्रले ४४ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । शृंखलामा पहिलो पटक पाँचौ नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेलले नेपालको इनिङ्सलाई अघि बढाए । तर उनी अर्धशतक बनाउनबाट ३ रनले चुके ।
इनिङ्सको तेस्रो अन्तिम बलमा आउट भए । आदिल आलम ४ र विवेक यादव २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे । केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले २–२ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार