चितवन १ बाट योजना आयोगका पूर्व उपाध्यक्ष वाग्ले, उपाध्यक्ष पौडेल, राज्यमन्त्री श्रेष्ठ, पूर्व उपकुलपति खानियाँको निवेदन
नेपालबहस संवाददाता
भदौ १४, २०७९ बुधबार ३:५९:४३
१४ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ मा उम्मेदवार हुन आवेदन दिएका छन्। आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उनी उम्मेदवारका लागि दाबी प्रस्तुत गरेका हुन ।
नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो। यस्तै कांग्रेसबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्। योजना आयोगमा कार्यकाल सकिएपछि वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। वाग्ले र पौडेल दुवैजना अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनीहरु सबैले आफैँ उपस्थित भएर निवेदन दर्ता गरेको कांग्रेस चितवनको क्षेत्रीय समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार