बढैयाताल पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको दादागिरीका कारण सेवाग्राही मारमा, कर्मचारी आन्दोलित
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १९:५१:२८
♦ दीपक शर्मा
१५ भदाै, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकाका पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको दादागिरीका कारण कर्मचारीमात्र नभई सर्वसाधारण नागरिकले समेत सास्ती भोग्नु परेको छ ।
गाँउपालिकामा समायोजन भई आएका कर्मचारी तथा २०७४ सालपछि राखिएका ९४ जना कर्मचारीको बेरुजु आएको भन्दै काम गर्नमा रोक लगाउनुका साथै तलव निकासा नदिएका कारण कामकाज ठप्प हुदा सर्वसाधारण सेवाग्राही त्यसको सिकार हुनु परेको छ ।
बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले आफनो मनपरी तरिकाले तत्कालिन अवस्थामा जिल्ला विकास समितिमा काम गरेका कर्मचारी स्थानीय तहमा गएका र उनीहरुलाई समेत हाजिर हुन नदिइ काम काज गर्न नदिएका कारण सेवाग्राही सेवा पाउनबाट वन्चित भएका छन् ।
कामका लागि आफुले वडाबाट सिफारिस ल्याएको तर कार्यालय बन्द भएका कारण समस्यामा परेको बढैयाताल १ का सुमन परियाले बताए । गाँउपालिकामा रहेका ९४ जना तथा करारका कर्मचारीहरुलाई विना कारण मनपरी ढंगले विभिन्न बहानामा म्याद थप नगरिएको भन्दै कर्मचारीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गर्दा कार्यालयको कामकाज पुर्णरुपमा ठप्प भएको छ ।
गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठीले यस विषयमा केही नबोल्ने भन्दै पन्छिएका छन भने प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि कार्यालयमा नआएको बताइएको छ । कर्मचारीहरुले विभिन्न ५ वुँदे मागराख्दै मुलगेटमा नै धर्ना दिएका छन । पालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले लेखा अधिकृत नारायणराज त्रिपाठीलाई निमित्त सुम्पेको बताइएको छ ।
पालिकामा पालिका प्रमुख हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने र लेखा अधिकृत नारायणराज त्रिपाठीले आफनो मनोमानी र आफनो अनुकुलको मान्छे राख्नको लागी यो प्रोपोगान्डा गरेको बताइएको छ । यो त्यही पालिका हो जसले आफैले खुल्ला विज्ञापनबाट राखेका कर्मचारीको तलव नदिएर प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, पालिका अध्यक्ष हिमालय त्रिपाठी र लेखा अधिकृत नारायणराज त्रिपाठीले झ्याम पारेका थिए ।
पीडित कर्मचारी अदालत गएपछि अदालतले तलव दिनु भन्दा पनि अटेर गर्ने पालिका हो यो । गाँउपालिकाको काम काज पुर्णरुपमा ठप्प हुँदा सेवा ग्राहीले सास्ती भोग्नु परेको विषयमा पालिका अध्यक्ष हिमालय त्रिपाठी कानमा तेल हालेर वसेका छन भने प्रशासकीय अधिकृत धर्मराज न्यौपाने कार्यालय आउन छाडेका छन् । उता लेखा अधिकृत नाराणराज त्रिपाठीले आफनो अनुकूलको बाटो पर्खिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार