खलंगा–तिंकर सडकमा दू्रत गतिमा काम हुँदै
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २०:४६:१०
१५ भदौ, दार्चुला । सदरमुकाम खलङ्गा–तिंकर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको आठ दशमलव चार किलोमिटर सडक निर्माण गरिसकेको छ । उक्त क्षेत्रमा चार मिटर चौडाइको तीन किलोमिटर सडक र चारदेखि छ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजना प्रमुख तथा प्रमुख सेनानी हरिबहादुर बोहराले बताए ।
उनका अनुसार ट्रयाक खोलिसकेपछि असोजपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना रहेको छ । तीन मिटर चौडाइ रहेको क्षेत्रमा सडकलाई अझ बढी चौडा बनाइने आयोजना प्रमुख बोहराले बताए । गत आवदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको थियो।
गतवर्ष सेनाले सात किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । नेपाल सरकारले २०७७ वैशाख १४ गते तिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक निर्माणका लागि विसं २०७७ असारमा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो ।
विसं २०७७ मा सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो । विसं २०७९ वैशाखको दोस्रो साता सेनाको हेलिकप्टरमार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी गरिएका छन् । सेनाले जिम्मा लिनुभन्दा पहिला श्रमिकबाट हातेऔजार प्रयोग गरी सडक खनिँदै आएको थियो ।
तुषारपानीदेखि दुम्लिङसम्मको साढे आठ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक तीनदेखि साढे चार सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ । सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताए । फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङलगायत स्थानमा श्रमिकको क्याम्प राखेर सडक निर्माण भइरहेको छ ।
उक्त सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको थियो । सडक निर्माण भइरहेका स्थानमा स्काइभेटर र कम्प्रेसर मेसिन चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाइ छ । गतवर्ष सरकारले तिङ्कर सडक निर्माणका लागि नेपाली सेनालाई रु १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो । सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।
गत वर्ष विनियोजित बजेटमध्ये रु १४ करोड ३८ लाख सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ । भौगोलिक विकटता र कडा चट्टान भएका कारणले काम गर्न निक्कै कठिन भएको उनले बताए । कडा चट्टानका बाबजुद पनि निर्माण कार्य लक्ष्यभन्दा बढी नै भएको प्रमुख बोहराको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार