पदाधिकारी बैठकपछि थप तनावमा परे देउवा, जित्ने क्षेत्र नछोड्न दवाव
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:५६:३१
१५ भदौ, काठमाडौं । आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरको बैठकपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा थप दवावमा परेका छन् । बुधबार साँझ बस्ने सत्ता गठबन्धनको बैठक अघि पार्टीको धारणा बनाउन बोलाइएको पदाधिकारी बैठकमा नेताहरुले चेतावनीकै भाषामा देउवालाई जित्ने क्षेत्रमा सहमति नगर्न भनेका छन् ।
बैठकमा सभापति देउवालाई कांग्रेसले जित्नसक्ने ठाउँ गठबन्धनका अन्य दललाई नछाड्न भनिएको बैठकपछि एक नेताले नेपालबहसलाई बताए । गठबन्धनका नाममा पार्टीले जित्ने आधार भएका ठाउँमा सम्झौता नगर्न उनीमाथि नेताहरूको दबाब दिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा कांग्रेसको मत र कार्यकर्ताको भावना सम्बोधन हुने गरी गठबन्धन गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए । नेता रामचन्द्र पौडेलले बैठकमा सहभागी नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहे पनि जितको आधार क्षेत्र छाड्न नहुनेमा अडिक रहेको जोड दिएको बताए ।
बैठकमा नेता अर्जुननरसिंह केसीले ६० प्रतिशतको बटमलाइन राख्ने र अन्तिममा ५५ प्रतिशतमा मिल्नुपर्ने धारणा राखेका थिए । साथै, बैठकमा गठबन्धनको पक्षमा एक स्वर बनाउनुपर्ने विषयमा पनि सबैले सहमति जनाएको नेता पौडेलले जानकारी दिए ।
कांग्रेस बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि चुनावी गठबन्धनमा जोड्नुपर्ने विषय पनि उठेको थियो । नेताहरूले लोसपालाई समेत सत्ता गठबन्धन दलको चुनावी गठबन्धनमा समेटेर अघि बढ्नुपर्ने बताएपछि देउवामाथि थप दवाव परेको छ । बैठकमा नेता शेखर कोइराला र विमलेन्द्र निधिले लोसपालाई पनि चुनावी गठबन्धनमा समेटेर जानुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री देउवा आफैँ पनि लोसपालाई गठबन्धनमा जोड्ने बारे सकारात्मक रहँदै आएका थिए । तर, गठबन्धनमा रहेका दलहरसँग सीट बाँडफाँडको विषय मोटामाटी मिलिसकेकाले उनलाई लोसपालाई स्थान दिन समस्या भएको छ । यसविषयमा यसअघि देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग पटक पटक छलफल समेत गरेका थिए ।
मधेस प्रदेशमा ३२ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र छन् । मधेसमा प्रभाव रहेको जनता समाजवादी पार्टी यसअघि नै गठबन्धनमा जोडिएको छ । जसपाबाटै विभाजित भएर बनेको लोसपासमेत गठबन्धनमा जोडिए मधेसमा कांग्रेसको सिट संख्या घट्न सक्ने अन्य नेताहरुले बताएका थिए ।
यसअघि जसपाबाटै विभाजित भएका नेता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले भने नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह उपयोग गरेर चुनाव लड्ने सहमति गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार