तत्काल सत्ता गठबन्धन नटुटे पनि चुनावमा १५० सिट जितेर एमालेले दुनियाँलाई चकित पार्छः ओली
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २३:५०:३८
१५ भदौ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् ।
उनले दुनियाँ नै आश्चर्यचकित हुने गरी एमाले विजयी हुने दाबी गरे । अहिलेको गठबन्धन सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको तथा देश र जनताका लागिभन्दा गठबन्धनका नेता र व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको उनले आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्साका विषयमा समेत अहिलेको सरकार बोल्न नसकेको उनले बताए ।
एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’
सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए ।
ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भन्न नसकेको र उल्टै यी भूभाग समस्याग्रस्त बताउने गरेको समेत जनाए । उनले सत्तारुढ गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको टिप्पणी गर्दै ओलीले गठबन्धन आफैं बनेको नभएर अरुले नै टाउको जोडिदिएको दाबी गरे ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रदेश मन्त्रीसहित प्रदेशसभा सदस्यलगायतका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री कुलवीर चौधरीसहित प्रदेशसभा सदस्य तारा लामा तामाङ, एकीकृत समाजवादीको प्रदेश अध्यक्षबाट हालै राजीनामा दिएका विक्रम शाही, बेदकोट नगरपालिकाका पूर्वनगर प्रमुख अशोककुमार चन्दलगायत नेतालाई अध्यक्ष ओलीले स्वागत गरेका हुन् ।
यसैगरी, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट बेदकोट नगरपालिकामा नगर प्रमुखको उम्मेदवार भएका रामचन्द्र रेग्मी, कृष्णपुर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार सुरेन्द्र बमलगायत नेताकार्यकर्ताहरु समेत एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट संविधानसभा सदस्य भएकी दुर्गा खुना, संविधानसभा निर्वाचन लडेका मोहन गिरी लगायतका नेताकार्यकर्ता पनि बुधबार एमाले प्रवेश गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार