गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल, को कहाँबाट निर्वाचन लड्ने ?
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार १३:५०:५३
१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ।
सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरू चुनाव लड्ने पक्काजस्तै छ। सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन्।
उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाब लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ।
देउवाले आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएपछि चुनाव जित्ने करिब पक्काजस्तै भएकाले उनले अन्य क्षेत्रमा जाने विषयमा नसोचेको देउवा निकट नेताहरूले बताएका छन्। तर, गठबन्धनका सहयात्री नेताहरू प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले आफ्नो क्षेत्र छनोट गर्न अझै सकेका छैनन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाएका छैनन्। नेपाल समाचारपत्र दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार