प्रश्नको उत्तर नसकिँदै किन रोकियो निलम्बित प्रधानन्यायाधीश जबराको बयान ?
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २०:१८:२०
१६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबारको बयान एक्कासी रोकिएको छ । जबराले दोस्रो प्रश्नको उत्तर दिइरहेका बेला उनलाई रोकेर महाअभियोग सिफारिस समितिले एक्कासी बयान रोकेको हो ।
बिहीबार सिंदरबारस्थित संसदीय समितिको कक्षमा आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो । तर, बैठक आकस्मिक रूपमा रोकिएको थियो, बैठक किन रोकियो भन्ने विषयमा समितिका सदस्यले समेत जानकारी नपाएको बताएका छन् । अर्को बैठक यही भदौ १९ गते आइतबार बस्ने गरी बयान रोकिएको हो ।
जबरालाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । बुधबारबाट उनको बयान सुरु गरिएको हो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको थियो । बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
आज पनि जबराले महाअभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका थिए । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका थिए ।
उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरेकी थिइन् ।
उनले विरोध जनाएपछि निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लागको आरोपको जवाफ दिएको भन्दै समितिले आफूलाई असक्षम भनेर लगाएको आरोप गलत भएको बताएका थिए । ‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ; कसैलाई आरोप लगाएको होइन‚’ निलम्बित प्रधानन्यायाधीश जबराले भनेका थिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाएका थिए ।
जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरेका थिए । योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार