कमलपोखरीस्थित सिटी सेन्टरमा फुडकोट सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २१:५५:४६
१६ भदौ, काठमाडौं । झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको बिगमुमिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो ।
टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कपिशप र फुड आइटमको स्टल रहेको छ ।
विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौं ।’
सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगै बिग मुभिज रहेको छ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानु पर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो भएको छ ।
सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाईभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार