सिफारिस भएपनि आलमलाई कांग्रेसले उमेदवार बनाउँदैन: महामन्त्री थापा
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ०:३९:२९
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन् । उनले सिफरिस भएपनि पार्टीले उनलाई उम्मेदवार बनाउन नसक्ने बताएका छन् ।
शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे ।
‘इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ’ भनेर साहित्यकार नयनराज पाण्डेले बोलेपछि जवाफमा गगनले आलमलाई उमेदवार नबनाउने बताएका हुन् ।
‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो,’ उनले भने, “संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाति ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार