शेयरबजारमा रकम घट्दा सातामा ७ अर्ब ५५ करोडको मात्रै कारोबार
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ०:४७:३७
१७ भदौ, काठमाडौं । नेपाली शेयरबजारमा उतवचढाव आउने क्रम जारी रह्यो । जस्ले गर्दा सातामा शेयरबजारमा ७ अर्ब ५५ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार गत साताको तुलनामा कारोबार रकम घटेको हो । गत साता ९ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा यो साता कारोबार रकम दुई अर्ब नौ करोड रुपैयाँ घटेको छ ।
पछिल्लो समय बैंकहरूमा तरलता अभावका करण त्यसको प्रत्यक्ष प्रभाव शेयरबजारमा पनि परेको देखिन्छ । गत वर्षको यो समयमा दैनिक १५ देखि २० अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो । तर, हाल शेयर कारोबार दैनिक एक अर्बदेखि दुई अर्बको बीचमा हुन थालेको छ ।
आज शुक्रबार दुई घण्टाको अवधिमा ६९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ६ कारोबार दिनमा चार कारोबार दिन घटेको नेप्से दुई कारोबार दिन बढेको हो । यो साता नेप्से ५२ अंक घटेको छ ।
गत साताको अन्तिम दिन २०२२.६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन शुक्रबार १९७०.६२ विन्दुमा झरेको हो । यो साता दुई करोड १२ लाख ५३ लाख ७७८ कित्ता शेयर खरिद–बिक्री भएको छ । गत साताको तुलनामा कारोबार कित्ता पनि घटेको छ । गत साता दुई करोड ६१ लाख दुई हजार ४६७ कित्ता शेयर खरिद–बिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार