विमानस्थलको भीआईपी कक्षबाट मुस्लिम आयोगका अध्यक्षले भगाएका अभियुक्त नक्सालमा पक्राउ
नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार १७:१४:२१
१८ भदौ, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भगाएका एक अभियुक्त नक्सालबाट पक्राउ परेका छन् ।अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै ठगी आरोपमा फरार रहेका अभियुक्तलाई भगाए पनि प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट ती अभियुक्तलाई पक्राउ गरेको हो ।
यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।
अन्सारीले भगाएका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् । आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै उनलाई अन्सारीले भगाएका थिए ।
उनलाई भीआईपी पास प्रयोग गराई राहदानी चेक नै नगराई विमानस्थलबाट बाहिर लगिएको अध्यागमन कार्यालयले जनाएको छ ।उनलाई विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नै गाडीमा लगेको प्रहरीले जनाएको छ ।
दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीलाई लिन गएका बेला अन्सारीले आलमलाई आफ्नै गाडीमा हालेर होटेल पुर्याएको प्रहरीको दावी छ ।
आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए । आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राखेर निगरानी गर्न आग्रह गरेको थियो । त्यसपछि गत चैत २७ मा काठमाडौं जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार