सर्लाहीमा नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार २०:८:२३
१८ भदौ, सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ । शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो ।
गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताए ।
सीमा सुरक्षा बेस (बिओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित एक जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गाविस वडा नम्बर–५, निवासी ३२ बर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ । लामाले ठेगाना भने काठमाडौ महानगरपालिका–२६ बताएका छन् ।
लामा सवार रातो रंगको स्कार्पियोको डिक्की खोलेर शङ्कास्पद कार्टुन झिकेर चेक गर्न लाग्दा फरार भएको प्रहरीले जनाएको छ । उनीहरू स्कार्पियोमा बसेर सिमरा भगवतीपुर गाउँबाट सीमाक्षेत्रको बजारतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । स्कारपियो र चालकको समेत खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए ।
प्रहरीका अनुसार गाडीको डिक्कीबाट बरामद शङ्कास्पद कार्टुनमा प्याक गरेको अवस्थामा सय दरका नक्कली नोटको नमुना कागज ६९ गढ्ढी र नगद ४० हजार बरामद भएको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको चेक एक थान, ग्लोबल आईएमई बैँकको चेक एक थान, पासपोर्ट एक थान, बिलबुक एक थान, मोबाइल एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद् गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार